पत्ता लाग्यो नयाँ गुफा, जहाँ देखिन्छ विचित्रका पशुपंक्षी, जंगल र नदी (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

काठमाडौँ, १५ भदौ । भियतनामका एक किसानले यस्तो एउटा गुफा भेट्टाएका छन् जुन गुफा यसभन्दा अगाडि कसैले देखेकै थिएनन् । भियतनामको नेसनल पार्कमा भेट्टिएको यो गुफाले किसानलाई मात्र होईन अनुसन्धानमै रहने बैज्ञानिकलाई समेत अचम्मित तुल्याएको छ।

यतिबेला सबैभन्दा ठुलो भनिँदै आएको उक्त गुफा सन् १९९१ मा खान्ह नामक किसानले  भेटाएका हुन्। केही हप्तासम्म पार्कमै घुम्दै आएका बेला गुफा देख्ने बित्तिकै उनी गुफाभित्र पसे जहाँ तिब्र हावा चलेको आवाजसँगै नदी बहेको पनि आवाज सुनियो, जुन अलगै संसार जस्तो लाग्थ्यो। त्यसपछि उनी डराए र त्यहाँबाट बाहिर निस्किए।

त्यस घटनाको केही दिनपछि उनको भेट ब्रिटिस केव रिसर्च एसोसिएशनका अनुसन्धान कर्ता डेब लिम्बर्टसँग भयो र उनले त्यही गुफाका बारेमा कुरा गरे। त्यसपछि लामो समयसम्म उनीहरुले उक्त गुफाका बारेमा सत्यता थाहा पाउन सकेनन्। तर २००८ मा किसानले फेरि दोस्रो प्रयास गर्दा त्यहाँसम्म पुग्ने बाटो पनि पत्ता लगाए।

अनि अनुसन्धान कर्ताको सहयोग लिएर उक्त गुफा भित्र पसे जुन आँटले उनीहरुलाई सत्यतथ्य बाहिर ल्याउन सफल बनायो। नेसनल पार्कमा भेट्टिएको उक्त गुफा अन्य गुफा भन्दा निकै नै फरक रहेको छ। छुट्टै संसार जस्तो लाग्ने यो गुफा यति ठुलो छ जहाँ भित्र नदी, जंगल तथा वातावरण समेत अलगै प्रकारको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);