योजनाले भरिभराउ बन्दै प्रधानमन्त्री अ‍ोलीको गृहनगर | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

योजनाले भरिभराउ बन्दै प्रधानमन्त्री अ‍ोलीको गृहनगर

kp oli

दमक, २६ माघ ।  झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको गृहनगर दमकमा भने अनेकौँ योजना केन्द्रीत गरिएका छन् ।

राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले दमकमा अर्बौको बजेट विनियोजन गरेको छ । सरकाले दमकमा पौने ३ अर्बको लागतमा भ्यू टावर निर्माणका लागि टेन्डर आहवान गरेको छ ।

दमकलाई केन्द्र बनाएर कमल गाउँपालिका र गौरादह नगरपालिकाका २२ सय बिघा क्षेत्रफलमा अद्यौगिक क्षेत्र निर्माण अघि सारिएको छ । यसका लागि अहिले जग्गाधनीलाई मुआब्जा रकम वितरण भइरहेको छ । प्रधानमन्त्री ओलीले दमकमै विश्वको अग्लो बुद्धमूर्ति निमार्ण योजना पनि अघि सारेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार बुद्धमूर्तिका लागि आवश्यक जग्गा व्यवस्थापन कार्य भइरहेको छ । यो समाचार कान्तिपुरमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);