युद्धकालिन भाषाकै प्रयोगबाट अमेरिकालाई विस्तारवादी भन्दै नेकपा अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

युद्धकालिन भाषाकै प्रयोगबाट अमेरिकालाई विस्तारवादी भन्दै नेकपा अध्यक्ष दाहाल

oli prachanda

काठमाडौं, २४ माघ । भेनेजुएला मामिलामा युद्धकालिन भाषाकै प्रयोगबाट अमेरिकालाई विस्तारवादी भन्दै नेकपा अध्यक्षले जारी गरेको विज्ञप्तीले नेपाली समाज देखि कुटनीतिज्ञ सम्मलाई विभाजित गरेको थियो ।

तर, विज्ञप्तीमा अमेरिकाले गम्भीर चासो देखाएपछि अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयबीच नै विभाजन आएको छ । अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तीलाई अर्का अध्यक्ष ओलीले हतारोको परिणाम भएको टिप्पणी गर्दै र प्रयुक्त भाषा गलत भएको बताएका छन् ।

भौगोलिक दुरी र कुटनीतिक सम्बन्ध दुबै हिसावले नेपालसँग टाढा रहेको भेनेजुयलामा भएको राजनीतिक संघर्षका विषयमा यतिवेला नेपालमा तात्तातो बहस चलिरहेको छ । खासगरी प्रधानमन्त्री विश्व आर्थिक मञ्चको सम्मेलनमा स्वीजल्र्याण्ड गएका वेला गत ११ गते भेनेजुयलाको राजनीतिक समस्यामा सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जारी विज्ञप्तिपछि सुरु भएको बहस अहिलेसम्म सेलाउन सकेको छैन ।

विज्ञप्तिले नेपालको असंलग्न परराष्ट्र नीतिलाई खण्डित गर्दै भेनेजुयला मामिलामा चीनको किक्तामा पु¥याएपछि नेपालको राजनीतिक जगत, कुटनीतिक क्षेत्र हुँदै नागरिकस्तरसम्म विभाजित हुन पुगे । नेकपा स्थायी कमिटि बैठकले दाहालको विज्ञप्तिलाई अनुमोदन गरेपछि मथ्थर हुने अपेक्षा राखिएको बहसले यतिवेला अध्यक्षद्वयकै बीचमा फाटो ल्याइदिएको छ ।

ओलीले विज्ञप्ति जारी गर्न हतारो भएको र प्रयुक्त भाषा गलत भएको भनेर आफूलाई प्रिथक राख्ने प्रयास गरे पनि सचिवालय बैठकले दाहालको विज्ञप्तिलाई अनुमोदन गरिसकेको छ ।

नेकपाले चरणबद्ध रुपमा गरेको छलफल र त्यसपछि सचिवालय बैठकमा अध्यक्ष दाहालले ओलीलाई संस्थाले गरेको निर्णयमा व्यक्ति बोल्नुको औचित्य नहुने भन्दै खुम्च्याइ दिएका छन् । यसले नेकपामा विवाद थपिदिएको छ । यसै पनि राजनीतिक क्षेत्र मात्र नभएर कुटनीतिक क्षेत्रसमेत भेनेजुयला मामिलामा विभाजित नै छ ।

भेनेजुयलामा राष्ट्रपति निकोलस मदुरोले गराएको निर्वाचनमा चरम धाधली भएको भन्दै बहिस्कार गरेका विद्रोही नेता खुवान गोइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषण गरेपछि बाँकी विश्व अमेरिका र चीन गरि दुई ध्रुबमा जिभाजित भएको थियो । यही ११ गते नेकपा अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ती जारी गरि अमेरिकी हस्ताक्षेप रोक्न माग गरिएको थियो भने सशस्त्र युद्धकालकै भाषामा नेपालको पुरानो मित्रराष्ट्र अमेरिकालाई विस्तारवादी समेत भनिएको थियो ।

सशस्त्र द्वन्द्वबाट शान्तिप्रक्रियामा आएको लामो समयसम्म माओवादीलाई आतंककारीको सूचीबाट नहटाएको अमेरिकाले पनि दाहालको विज्ञप्तीलाई चासोपूर्वक लियो र अमेरिकास्थित नेपाली राजदुतलाई नै डाकेर सरकारको आधिकारिक धारणा माग ग¥यो । अमेरिकी दवावपछि माघ १५ मा परर्राष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दाहालको विज्ञप्तीको भाषामात्र सच्याएर अर्को विज्ञत्ति जारी गरे । जसले कुनैपनि हस्ताक्षेपविना भेनेजुयलाको समस्या समाधानको पक्षमा नेपाल रहेको सार्वजनिक भयो ।

सरकारले विदेशी राजदुत डाकेर आफ्ना धारणा सार्वजनिक गर्न प्रयास त ग¥यो तर, अमेरिकी राजदुत अनुपस्थित भएपछि सरकारले सम्बन्ध चिस्सिएको पत्तो पाएको थियो । बुधबार अमेरिकी राजदुत राण्डी मेरीसँग एकघण्टा लामो वान अन वान मिटिङसकेपछि राष्ट्रिय टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले विज्ञप्ति हतारोमा आएको र विज्ञप्तिमा प्रयुक्त भाषा गलत भएको बताउएका हुन् । पुष्पकमल दाहालको भाषा चिप्लिदा त्यसको ठम्याइ गर्न ओलीलाई दुई हप्ता लाग्यो, अव दुई अध्यक्ष द्वन्द्वले कति समय लिने हो र कहाँसम्म पुर्याउने हो आम चासोको विषय बनेको छ ।