एजेन्सी, १५ भदौ । बलिउड अभिनेत्री अनुष्का शर्माले काम गरिरहेको फिल्म ‘परी’ को सेटमा एक दुर्घटना भएको छ । जसको कारण एक टेक्निशियनको सेटमै मृत्यु भएको छ ।
फिल्म परीको कोलकताको कोरोलबेरियामा सुटिङ चलिरहेको थियो, सोही समय करेन्ट लागेर २८ वर्षीय टेक्निशियन शाह आलमको मृत्यु भएको हो । मृतक शाह उत्तर प्रदेशका हुन् ।
सन् २०१८ मा प्रदर्शनमा आउने फिल्ममा अनुष्कासँग बंगाली अभिनेता तथा निर्देशक परम्ब्रता चटर्जी मुख्य भुमिकामा रहेका छन् ।