प्रचारमा आएजस्तो तरकारी तथा फलफुलमा विषादीको प्रयोग भएको छैन : कृषि मन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

प्रचारमा आएजस्तो तरकारी तथा फलफुलमा विषादीको प्रयोग भएको छैन : कृषि मन्त्री

काठमाडौं, २३ माघ । कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपाणि खनालले खाद्यान्नमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा नभएको भन्दै अनुमानको आधारमा विश्लेषण नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै उनले प्रचारमा आएजस्तो गरि खाद्यान्न, तरकारी तथा फलफुलमा विषादीको प्रयोग नभएको दाबी गरे ।

उनले हालै गरिएको ७ सय वटा नमुना मध्ये दुईवटा नमुना मात्रै विषाधीयुक्त फेला परेको भन्दै अन्य नमुना खान योग्य रहेकाले विषाधीको प्रयोग भयावह अवस्थामा नरहेको स्पष्ट पारे । काभ्रे, सिन्धुपाल्चोक र नुवाकोट लगायत व्यवसायीक खेती हुने स्थानमा विषाधीको धेरै प्रयोग भएको पाईएपनि खानै नहुने गरि तरकारीमा विषाधी प्रयोग नभएको उनले दावी गरे ।

विषाधीलाई पूर्णतः निषेध गर्न सकिने अवस्था तत्काल नरहेको भन्दै उनले घरेलु विषाधीलाई प्रोत्साहन गर्दै विषाधि प्रयोगलाई विस्थापित गर्दै लैजाने रणनीतिमा मन्त्रालय लागेको स्पष्ट पारे ।

सांसद रामबहादुर विष्टले विषाधी रहित खाद्यान्न, फुलफुल तरकारी जनताले कहिले देखि खान पाउँछन् ? भनी प्रश्न गरेक थिए । उनले अत्याधिक विषाधी प्रयोग भएको खाद्यान्न्नका कारण प्राणघातक रोग लाग्ने गरेको भन्दै त्यस्तो रोग लागेर मृत्यु हुनेको परिवारलाई राहतको व्यवस्था सरकारले गर्न सक्छ ? भनी पुरक प्रश्न गरेका थिए ।

सांसदहरु लक्ष्मी परियार, राजेन्द्र कुमार केसी, राजेन्द्र प्रसाद लिङ्देन, डाक्टर मिनेन्द्र रिजाल, देवेन्द्रराज कँडेल लगायतले नेपाललाई विषादीमुक्त देश घोषणा गर्दा कस्तो होला ? विषादीरहित कहिले सम्म घोषाण गरिन्छ ? भनी प्रश्न गरेका थिए ।

सांसद लिङ्देनले सिमाना पारीमा नेपालीलाई मात्रै लक्षित गरेर अत्याधिक विषादी प्रयोग गरिएका तरकारी उत्पादन गरि नेपाल आउने गरेको भन्दै त्यस्ता तरकारीको चेकजाँच गर्ने व्यवस्था छ कि छैन भनी प्रश्न गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);