संकटग्रस्त भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउदैँ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

संकटग्रस्त भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउदैँ

venezuela

काठमाडौं, २१ माघ । संकटग्रस्त मुलुक भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने भएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी सहायता अस्वीकार गरे पनि स्वघोषित अन्तरिम राष्ट्रपति गुआईडोले भने यसको स्वागत गरेका छन् । अमेरिकाले मानवीय सहायता पठाउनु सैन्य हस्तक्षेपको पूर्व–अभ्यास भएको मादुरोको विश्लेषण छ ।

विपक्षी नेता गुआईडोले भने संकटको सामना गर्न अमेरिकी सहायता स्वीकार्ने बताएका छन् । भेनेजुएलाको कुनै पनि भूभागमा गुआईडोको नियन्त्रण छैन । त्यसैले भेनेजुएलाका नागरिक पलायन भएर शरणार्थी बनेका छिमेकी मुलुकहरुमा सहयोग केन्द्रमार्फत सहायता उपलब्ध गराउने अमेरिकी तयारी रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);