युएईलाई हराउँदै नेपालले जित्याे टी-२० सिरिज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

युएईलाई हराउँदै नेपालले जित्याे टी-२० सिरिज

काठमाडौं, २० माघ । युएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिजको विजेता बनेको छ । युएईलाई उसैको घरेलु मैदानमा २-१ ले पराजित गर्दै नेपालले सिरिज जितेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा छोट्याइएको खेलमा युएईलाई १०५ रनको लक्ष्य दिएको थियो ।

युएइले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि करण केसी, ललितसिंह राजवंशी र अविनास बोहोराले समान दुई/दुई विकेट लिए । यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

यसैगरी नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ बनाउन सफल भए । सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ तथा करण केसीले १० रन बनाउन सफल भए । नेपालले पहिलो खेल २१ रनले हारेको थियाे भने दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);