काठमाडौं, १८ माघ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सत्ता पक्ष र प्रतिपक्षको सम्बन्ध तिक्ततापूर्ण अवस्थामा नरहेको बताएका छन् ।
शुक्रवार नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा शर्माले सरकारका गतिविधि लोकतान्त्रिक संस्कार अनुरुप नभएको जिकीर गरे । सरकारको समग्र मुल्याङ्कन पाँच बर्षपछि हुने भएपनि एक बर्षको अवधिलाई हेर्दा सकारात्मक सन्देश नदेखिएको प्रवक्ता शर्माको भनाई छ । उनले सरकार र प्रतिपक्षीबीचको सम्बन्ध तित्ततापूर्ण भने नरहेको उल्लेख गरे ।
सरकारले विवेक गुमाएका कारण काँग्रेसले संसद र सडकबाट विरोध गर्नुपरेको उनको जिकीर रहेको छ । उनले लोकतान्त्रिक राज्यमा एउटा नागरिक तीन हप्ताभन्दा बढी अनसनमा रहँदा पनि सरकारका तर्फबाट वार्ता गर्ने तत्परता नदेखाउनु गम्भीर बिषय भएको टिप्पणी गरे ।