सरकारले सोचेभन्दा राम्रो काम गरिरहेको प्रधानमन्त्रीको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सरकारले सोचेभन्दा राम्रो काम गरिरहेको प्रधानमन्त्रीको दावी

kp oli

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सोचे भन्दा राम्रो काम गरिरहेको दाबी गरेका छन् । झापाको दमकमा बिहीबार आयोजित बृहत बाल महोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले संघियता कार्यान्वयनका क्रममा आएका समस्याको सहज रुपमा समाधान गर्न सरकार सफल भएको भन्दै यो अवधीमा आवश्यक नीति तथा कानुन बनेको र यसको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा भईरहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले सरकारले जनताको आवश्यता अनुसार काम गरिरहेको भन्दै विकास निर्माणका कामलाई पनि प्राथमिकता दिएको बताए । पाँच दिनसम्म चल्ने बाल महोत्सवमा एक लाख बालबालिका तथा अभिभावकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);