ओली सरकारले बाँड्यो ५ महिनामा ६ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओली सरकारले बाँड्यो ५ महिनामा ६ करोड

kp oli pm

काठमाडौं, १८ माघ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहातयासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । उपचार खर्च लगायत नाममा रकम बाँडेको हो । सहायता पाउनेमा पहँुचमा र सम्पन्न पनि छन् ।

अर्थ मन्त्रालयका अनुसार सरकारले हरेक महिना मन्त्रिपरिषद बैठकबाट निर्यण गराएर विभिन्न व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । मंसिरमा मात्र सरकारले एक करोड २७ लाख रुपैयाँ यसरी उपलब्ध  गराएको पाइएको छ । मंसिरयताको आर्थिक सहयातासम्बन्धी विवरण भने सरकारले सार्वजनिक गरेको छैन । यो समाचार आजको नागरिक पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);