काठमाडौं, १७ माघ । बैंक अफ काठमाण्डूले आज २४ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । एलिस रेसेप्सेन्स गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे शुरु हुने सभामा बैंकले १४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस ३० गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । पुस २९ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्नेछन् । यो समाचार आजको अभियान दैनिकमा छ ।