उत्तर कोरियामाथि कारवाहीको विकल्प नै नभएको ट्रम्पको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

काठमाडौँ,  १५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि कारवाहीको विकल्प नरहेको बताएका छन्।

 

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने भन्दै कारवाहीको विकल्प नभएको बताएका हुन्।

 

उनले उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण उत्पन्न परिस्थितिको समाधान वार्ताबाट हुने नदेखिएको बताउँदै। आफूहरुले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता गरिरहेको तर उसले त्यसको नाजायज फाइदा लिएको ट्रम्पको भनाइ छ।