क्यामरुनको डफिन्स टिम फेमेलीकाे विजयी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

क्यामरुनको डफिन्स टिम फेमेलीकाे विजयी शुरुवात

पोखरा, १६ माघ । मनकामना केबलकार पोखरा फूटवल कपमा क्यामरुनको डफिन्स टिम फेमेलीले बिजयी शुरुवात गरेको छ । कास्की जिल्ला फुटवल संघको आयोजनामा भइरहेको कपमा क्यामरुनको डफिन्स टीमले च्यासल युथ क्लवबिरुद्ध १–० को कठीन जित निकाल्दै सुखद शुरुवात गरेको हो । खेलको दशौं मिनेटमा क्यामरुनका इकोबेनले प्रहार गरेको बलमा प्रिसोले गरेको हेडर गोल नै निर्णायक गोल बन्यो ।

खेलमा निकै बलियो देखिएका क्यामरुनका खेलाडी बिरुद्ध च्यासलले कुनै गोल गर्न सकेन । ट्याक्टीकल्ली उत्कृष्ट देखिएपनि च्यासल क्यामरुनका अग्ला खेलाडी सामु स्कोर निकाल्न भने असमर्थ भयो ।

प्रतियोगिता अन्तर्गत विहीबारको खेल स्थगित भएको छ । आयोजक पोखरा ११ सँग खेल्ने ब्रिगेड ब्वाइज क्लव इटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपका लागि बस्नु पर्ने भएकाले विहीबारको खेल शुक्रबारलाई सारिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।