मनाङ मर्स्याङदी क्लव मनकामना कपको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मनाङ मर्स्याङदी क्लव मनकामना कपको सेमिफाइनलमा प्रवेश

पोखरा, २३ माघ । ब्रिगेड ब्वाइज क्लवलाई हराउँदै मनाङ मर्स्याङदी क्लव पोखरामा जारी मनकामना कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधवार भएको अन्तिम क्वाटरफाइनलमा मनाङले ब्रिगेड ब्याइजलाई टाइब्रेकरमा पाँच चार गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो ।

निर्धारीत ९० मिनेट दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । सो समयमा पनि दुबै टिमबाट गोल नभएपछि नतिजाको छिनोफानो टाइब्रेकरबाट भयो ।

जसमा ब्रिगेड ब्वाइजले चार गोल गर्दा मनाङले पाँच गोल गर्न सफल भयो । अब सेमिफाइनलमा मनाङले क्यामरुनको टिमसँग खेल्नेछ । प्रतियोगितामा बिहीवारबाट सेमिफाइनलका खेल हुनेछन् । जसमा जापानको रोस्सी विश्वविध्यालय र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);