काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टीले संचालन गरिरहेको सरकारको सन्दर्भमा थुप्रै खालका प्रश्नहरु उठिरहेका छन् । सदन र सडकमा नेपाली काँग्रेसले आवाज उठाईरहेको छ र काँग्रेसलाई अब अरु राजनीतिक दलहरुले पनि साथ दिईरहेका छन् । सरकारको सन्दर्भमा यति धेरै आवाज उठिरहेका छन् र सरकारले राम्रोसंग काम गर्न सकिरहेको छैन भनेर सत्तापक्षकै नेताहरुले बेला बखत बताईरहेका छन् । यति धेरै सुबिधाजनक अंक र सुबिस्तापूर्ण वातावरण हुँदा पनि सरकारले किन काम गर्न सकिरहेको छैन ? जब आन्दोलनहरु पूरा हुन्छन्, त्यसपछिको उपलब्धि रक्षा गर्ने सन्दर्भमा सरकार असफल हुने, कमजोर हुने र पहिलेकै जस्तो गल्तिहरु दोहोरिन्छन् र यो सरकारले पनि यस्तै त्यही गल्ति दोहोर्याई रहेको छ भनेर टिप्पणी भईरहेका छन् । सरकारलाई अल्झाउने तत्व के छ ? प्रधानमन्त्री ओलीलाई कसले असहयोग गर्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीसँग गरेको कुराकानी हेर्नुहोस् :




