पाटनमा पारस पुग्दा... त्यसपछि हृदयघात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाटनमा पारस पुग्दा… त्यसपछि हृदयघात

paras

काठमाडौं, १५ माघ । पूर्वयुवराज पारस शाहको करिब एक घण्टाको पाटन बसाइ सोमबार धेरैको लागि चासोको विषय बन्यो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहारको पूजा गर्न उहाँ पाटन जानुभएको थियो ।

अपराह्न १२ बजे मंगलबजारस्थित दरबार क्षेत्रमा आइपुग्दा शाहलाई स्वागत गर्नेको भीड बाक्लिएको थियो । शाहको प्रतिक्षामा बिहान १०ः१५ देखि मंगलबजारमा जमघट शुरु भएको थियो । शाहलाई सुरक्षा दिन ललितपुरका विभिन्न स्थानबाट युवाको अलग–अलग समुह आएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा  छ ।

पाटनमा डेढ घन्टाअगाडि पूजामा व्यस्त हुनुभएको उहाँलाई एक्कासी छाती दुखेपछि आफन्त शीतल सिंहले अस्पताल भर्ना गराउनुभएको थियो । पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरेको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);