हृदयघात भएपछि पूर्वयुवराज पारस सिसियुमा राखेर उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हृदयघात भएपछि पूर्वयुवराज पारस सिसियुमा राखेर उपचार हुँदै

paras

काठमाडौं, १५ माघ । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको एन्जियोप्लास्टी गरिएको छ ।

एन्जियोप्लास्टीमार्फत मुटुको भल्व खोल्न सफल भएपछि चिकित्सकहरुले आशावादी बनेको वताएका छन् । हृदयघात भएपछि पारस शाहलाई सोमवार अस्पताल भर्ना गरिएको थियो । आइसियुमा भर्ना गरिएका शाहलाई एन्जियोप्लास्टीपछि आईसीयूबाट सीसीयूमा सारिएको नर्भिकका मिडिया कोअर्डिनेटर आरपी मैनालीले जानकारी दिएका छन् । पछिल्लो स्वास्थ्य अवस्थाको वारेमा ११ बजे जानकारी दिइने अस्पतालले जनाएको छ । शाहलाई हृदयघात भएको यो तेस्रो पटक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);