महाधिवेशन गर्न पौडेलको प्रस्ताव, देउवाकाे अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

महाधिवेशन गर्न पौडेलको प्रस्ताव, देउवाकाे अस्वीकार

ramchandra paudel

काठमाडौं, १५ माघ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

देउवाले साढे ५ वर्षमा मात्रै महाधिवेशन हुने बताए । ‘उहाँले (पौडेल) पढ्नुभयो, सकियो । महाधिवेशन साढे ५ वर्षमा मात्रै हुन्छ,’ देउवाको भनार्ई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

अग्रिम महाधिवेशनको माग गर्दै पौडेल पक्षले देउवाको जवाफबाट असन्तुष्ट बनेको छ । पौडेलले कार्यकाल बढाउनु अनैतिक हुने भन्दै आलोचना गरेका छन् । यो समाचार छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);