आइतबार रातिसम्म बर्षा तथा हिमपात जारी रहने | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

आइतबार रातिसम्म बर्षा तथा हिमपात जारी रहने

काठमाडौं, १२ माघ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । काठमाडौंमा उपत्यकामा शुक्रवार रातीदेखि भएको बर्षाले जनजीवन प्रभावित भएको छ । वर्षाका कारण जाडो समेत बढेको छ । देशमा पहाडी तथा हिमाली भेगमा बर्षा सहित हिमपात भएको छ । मौषमबिदका अनुसार काठमाडाैं उपत्यकामा आइतबार रातीसम्म बर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हिउँदे वर्षा गराउने पश्चिमी वायुको प्रभावका कारण काठमाडौंसहित सबै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । विभागका अनुसार आइतवारबाट मध्य र पूर्वी भेगको मौसम सफा हुने छ ।

हिउँदे बालीका लागि पानी र हिमपातले राम्रो गरेको भन्दै किसान खुशी भएका छन् । चिसो बढेका कारण उच्च हिमाली तथा पहाडी भेगको जनजीवन भने कष्टकर भएको छ । शनिवार राति देशभर सामान्यतया मौसम बदलि रहयो ।

त्यस्तै आइतबार वेलुकासम्म मौसममा क्रमिक सुधार आउने मौसमविदहरुले बताएका छन । पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ ।

पानी परेका कारण जाडो बढेपनि क्रमैसँग केही दिन पछि मौसममा परिर्वतन आउने सम्भानवना रहेको महाशाखाको भनाइ छ । वर्षाका कारण जाडो वढेपनि शून्यभन्दा तल भने नझर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम परिवर्तनको समय भएकोले वर्षा तथा हिमपातवाट जोगिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);