प्रधानमन्त्री कार्यालयद्वारा कानुन उल्लंघन | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

प्रधानमन्त्री कार्यालयद्वारा कानुन उल्लंघन

pradhanmantri tatha mantri karyalay

काठमाडौं, १३ माघ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधान विपरित रहेको पाइएकोे छ । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजना निगरानी गर्न भन्दै माघ १७ गतेसम्मको एक साता समयावधि राखेर गत माघ १० गते गोरखापत्रमा टेलिप्रिजेन्स सिस्टम अर्थात ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माणका लागि बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ को उपदफा (४) बमोजिम राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्दा कम्तीमा ३० दिन म्याद दिनुपर्नेमा एक हप्ता मात्रै समय दिई कानुनको उल्लंघन भएको हो ।