फुल्चोकीमा ‘छोटो बाटो’ खतरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

फुल्चोकीमा ‘छोटो बाटो’ खतरा

puulchoki ko bato khatara

ललितपुर,  १२ माघ ।  फुल्चोकी घुम्न गएका पुसमा मात्रै दुई टोली हराए । माघ ६ मा १६ जनाको एउटा जम्बु टोलीले नै बाटो बिरायो । ०७२ पुसमा विशालनगरका २० वर्षीय श्रीयान्स खत्रीको भीरबाट लडेर मृत्यु नै भयो ।

प्रहरीको तथ्यांकअनुसार फुल्चोकीमा हराउने क्रम बढ्दो छ । यहाँ हराउनुको विभिन्न कारणमध्ये ‘छोटो दूरी’ को बाटो प्रयोग मुख्य रहेको अधिकांश हराउनेको अनुभव छ । गत महिना हराएका कीर्तिपुरका कपिल दाहाल भन्छन्, ‘लामो यात्रा गर्नुपर्दा प्राय: थाक्ने गर्छन् । जसरी भए पनि तल पुग्ने सोचले छोटो दूरीको बाटो प्रयोग गर्छन् । अनि बाटो बिराएर हराउने गर्छन् ।’ उनका अनुसार सडकको बाटो घुमाउरो छ । ‘अल्छी मानेर छोटो दूरीको बाटो प्रयोग गर्नाले पनि हराउने गर्छन्,’ उनले भने ।

पुस ७ मा गोदावरी क्षेत्रमा पिकनिक आएका उनीसहित कोटेश्वर बस्ने दिनेश दाहाल र कलम ढकाल नौधारा पछाडिको छोटो दूरीको बाटो प्रयोग गरेर फुल्चोकी डाँडा चढ्नेक्रममा हराएका हुन् । गत वर्ष हिउँ खेलेर फर्कनेक्रममा साता दिन बेपत्ता भएका १७ वर्षीय जोन तामाङ पनि छोटो दूरीको बाटो प्रयोग गरेर नै हराएका हुन् । सुरुमा उनीहरूलाई बाटो बिराएको भनेर थाहा थिएन । जति हिंडे पनि सडक नभेटिएपछि हराएको चाल पाएका थिए । ‘टुप्पोमा पुग्दा राति ७ बजिसकेको थियो,’ उनले भने, ‘बाटोमा भेटिएको सुन्तलाको बोक्राले भोक मेटाएँ ।’ उनीहरू त्यस दिन प्रहरीको सहायतामा राति ११ बजेमात्र फेदमा पुगेका थिए ।

फुल्चोकी फेददेखि टुप्पोसम्म १३ किमि दूरी छ । हिउँ भेटाउन १० किमि यात्रा गर्नुपर्छ । साढे ८ किमि चढेपछि ‘डेन्जर जुन’ लेखिएको साइनबोर्ड भेटिन्छ । प्राय: मानिस यहींबाट हराउने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अधिकांश मानिस टुप्पोबाट अन्दाजी साढे ३ किमि फराकिलो बाटो भएर तल झर्छन् । त्यहाँ भेटिएको एउटा सिधा छोटो बाटो भएर तल झर्छ । कोही चार किमि फराकिलो बाटो भएर तल झरेपछि भेटिएको छोटो बाटो भएर तल झर्छन् ।

यी दुवै छोटो बाटो प्रयोग गरेर तल झर्दा खतरा ठाउँमा पुगिन्छ । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रवीन्द्रबहादुर धानुक भन्छन्, ‘कोही डेन्जर जोनबाट एक किमि तल झर्ने गर्छन् । त्यहाँ एउटा काभ्रेको खानी गाउँ, अर्को चापाखर्क, फलाम खानी र झरना खोला क्षेत्र जाने बाटो भेटिन्छ । त्यहाँबाट पनि एक किमि तल झेरपछि बाटो नै हराउँछ । अनि अलपत्र पर्ने गर्छन् ।’ उनले डेन्जर जोन क्षेत्रमा एकजना प्रहरी खटाएको बताए । फुल्चोकबाट काभ्रे, पनौती, लेले, नल्लु हुँदै मकवनापुरसम्म पुग्न सकिन्छ । घनाजंगलमा बाघ, चितुवाजस्ता जनावरको बासस्थान छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);