फूलचोकीमा १२ बजेपछि पैदलयात्रुलाई निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फूलचोकीमा १२ बजेपछि पैदलयात्रुलाई निषेध

ललितपुर, १९ पुस । २०७५ माघ ६ मा फूलचोकीमा हिउँ खेल्न गएका ८/८ जनाको छुट्टाछुट्टै समूहले बाटो बिरायो । डाँडाबाट फर्कने क्रममा उनीहरू जंगलमै अलपत्र परे । २०७४ माघमा फूलचोकीमै हिउँ खेल्न गएका थसिखेलका १७ वर्षीय जोन तामाङ सात दिनपछि घना जंगलभित्र अर्धचेत अवस्थामा फेला परे । २०७२ पुसमा काठमाडौं विशालनगरका २० वर्षीय श्रीयान्स खत्री बाटो बिराउँदा फूलचोकीमै बेपत्ता भए । प्रहरीले खोजी गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको थियो ।

यी केही उदाहरण मात्र हुन् । प्रत्येक वर्ष फूलचोकीमा हिउँ खेल्न जाने, हाइकिङ जाने र पिकनिक जाने युवायुवती हराउने गरेका छन् । पदयात्रामा जाने कतिपयको मृत्युसमेत भएको घटनालाई मध्यनजर गरी महानगरीय प्रहरी परिसरले गोदावरीले बसपार्क क्षेत्रमा छुट्टै प्रहरीचौकी पनि स्थापना गरेको छ ।

कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर १२ बजेपछि पैदलयात्रुलाई प्रवेश निषेध गरिएको बताए । ‘१२ बजेअघि छिर्नेहरू दिउँसै हुने भएकाले हराउने सम्भावना कम हुन्छ,’ उनले भने । शनिबारदेखि बसपार्कभन्दा माथि उकालो चढ्ने ठाउँमा चेक प्वान्इट राखेर दैनिक जाँच थाल्ने योजना बनाइएको छ । प्रहरीले फूलचोकी घुम्न जाने व्यक्तिको नाम, फोन नम्बरसहित विवरण दर्ता गर्ने व्यवस्था मिलाउँदै छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);