तीनवटै फौजी निकायको नेतृत्वमा दाबी गर्ने हैसियतमा महिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तीनवटै फौजी निकायको नेतृत्वमा दाबी गर्ने हैसियतमा महिला

dig asha singh

काठमाडौं, १९ पुस । नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो । गत वर्ष प्राविधिक सेवा (स्वास्थ्य)बाट डा. दुर्गा थापाले प्रहरीको पहिलो एआइजीको रेकर्ड आफ्नो नाममा लेखाइन् । तर, अब प्रहरीका उच्च पदमा पुग्न वर्षौँ कुर्नुपर्ने अवस्था छैन । डा. थापाको अवकाशलगत्तै प्रहरीले दोस्रो महिला एआइजी पाउँदै छ । केही दिनअघि मात्रै डिआइजी डा. आशा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ । प्राविधिक मात्र होइन, प्रशासनतर्फका उच्च पदमा पनि महिलाको संख्या बढेको छ । हाल नेपाल प्रहरीमा चारजना महिला एसएसपी छन् ।

नेपाल प्रहरी मात्र होइन, सेना र सशस्त्र प्रहरी बलमा पनि महिलाको सहभागिता उल्लेख्य रूपमा बढ्दै छ । सेनाको इतिहासमै पहिलोपटक गत वर्ष मेजर सुलोचना पौडेलले स्टाफ कलेज उत्तीर्ण गरिन् । नेतृत्व तहमा पुग्न सेनाभित्र स्टाफ एन्ड कमान्ड कोर्स अनिवार्य मानिन्छ । सशस्त्र प्रहरीमा पनि सिनियर पदमा महिलाको संख्या बढेको छ ।

सेनामा ०१६ देखि नै महिला भर्ना लिन थालिएको हो । तर, ०४६ पछि मात्र संख्या बढ्यो । ०६१ भन्दा अगाडि प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो । ०६१ मा पहिलोपटक सहायक सेनानीमा महिला भर्ना भए । हाल सामान्य सेवातर्फ महिला अधिकृतको संख्या एक सय ८३ पुगिसकेको छ । त्यस्तै प्राविधिकतर्फ दुई सय १४ जना छन् । पाँच हजार ६२ महिला सेनामा छन् । महिलाको संख्या निरन्तर बढिरहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);