उम्मेदवार बन्न १० हजार धरौटी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उम्मेदवार बन्न १० हजार धरौटी

election-commition_

काठमाडौं, १९ पुस । आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका अनुसार यही पुस २० गते सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ ।

आयोगका अनुसार यही पुस २० गते आइतबार दिनको १० देखि ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको बताउँदै उम्मेदवारले आ–आफ्नो प्रदेशका निर्वाचन अधिकृतको कार्यालय मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकोे मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर बुझाउनुपर्नेछ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);