बेपत्ता भएका पदयात्री उद्दारमा ड्रोन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बेपत्ता भएका पदयात्री उद्दारमा ड्रोन

drone

काठमाडौं, १५ कात्तिक । साथीसँग पदयात्रा मार्दी हिमाल गएकी काठमाडौंकी विपना उप्रेती २०७४ माघ २५ मा हराइन् । समूहभन्दा पछि परेकी उनी देउराली नजिकै हिउँमा चिप्लिएर खोंचमा खसेको आशंका गरियो ।

मणिपाल शिक्षण अस्पतालमा एमबीबीएस तेस्रो वर्ष अध्ययन गरिरहेकी २१ वर्षीया उप्रेतीको अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।

त्यही वर्ष चैतमा डच नागरिक कोर्री भेन भेग्गेल अन्नपूर्ण क्षेत्रबाट हराइन् । मार्दी हिमालको हाइक्याम्पबाट सिदिङ झर्ने छोटो बाटो फर्किँदा बीचैबाट बेपत्ता भएकी उनी पनि भेटिएकी छैनन् ।

यस्ता उद्धार र खोजीका लागि अब ड्रोन प्रयोग गरिने भएको छ । ट्र्याकिङ डिभाइस, ड्रोन, रडियोसेटलगायत सामग्रीमार्फत हिमाली क्षेत्रमा फसेकाको उद्धार गर्ने प्रविधि नेपाल भित्रिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपक परियारले लेखेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);