पुनस्र्थापना केन्द्रमा शंकास्पद मृत्यु, शारीरिक यातना दिएर हत्या गरेको परिवारको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुनस्र्थापना केन्द्रमा शंकास्पद मृत्यु, शारीरिक यातना दिएर हत्या गरेको परिवारको आरोप

death body

ललितपुर, १० माघ । ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड– ४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्र्थापना केन्द्रमा भर्ना गरेका थिए । उनको ६ माघमा मृत्यु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);