काठमाडौं १४ भदौ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चारजना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सचिवको सरुवा गरेको हो।
भूमिसुधार मन्त्रालयका सचिव कृष्णराज देवकोटालाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने भूमिसुधार मन्त्रालयमा शम्भु कोइरालालाई ल्याईएको छ। पर्यटन मन्त्रालयमा महेश्वर न्यौपानेलाई सरुवा गरिएको छ भने खानेपानी तथा सरसफाइ मन्त्रालयमा कृष्णराज बिसीलाई लगिएको छ। यसअघिका सचिव भीम उपाध्यायले अवकाश लिएपछि सरसफाई मन्त्रालयमा बिसी पुगेका हुन् ।