काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको अर्थमन्त्रालयको सचिव पदमा कृष्णहरि पुष्करलाई नियुक्ति गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाललाई बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्ति गरेको हो ।
यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो । तात्कालिन तथा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निमाणको क्रममा अनाधिकृत व्यक्तिको प्रभावमा परि बजेट निमार्ण गरेको सुचना बाहिरीए पछि अर्थमन्त्रीले राजीनामा नदिए सम्म मन्त्रालयमा हाजिर नहुने गरी मरासिनी अनिश्चतकालका लागि बिदामा बसेका थिए । अर्थमन्त्री शर्मा माथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले सुनियोजित रुपमा सफाई दिएपछि मरासिनीले पुन अर्थमन्त्रलायबाट प्रधानमन्त्रीको कार्यालयमा शरुवा मागेका थिए । मरासिनी प्रधानमन्त्रीको कार्यायमा गए पछि अर्थमन्त्राय सचिव बिहिन बनेको थियो ।
अर्थमन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर र राजस्वमा दंगाल
ताजा समाचार
Coronavirus disease 2019
६ घन्टा अघि
tc-check-https://dddscom.com/
९ घन्टा अघि
a16z generative ai 1
१३ घन्टा अघि




