स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

काठमाडौं, १३ पुस । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । एमाले र माओवादी केन्द्रले काम चलाउ अवस्थामा रहेको भन्दै सरकारलाई कुनै पनि नियुक्त, सरुवा, बढुवा लगागतका काम नगर्न दवाव दिँदै आएको छ ।

स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए ।

डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ । सचिव डाक्टर किरण रेग्मीले गत मंसिर १८ गते अवकाश पाएसँगै स्वास्थ्य मन्त्रालय सचिव विहिन थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);