महिला टी–२० स्मास क्रिकेटको सेमिफाइनलमा भोली नेपालले ईण्डोनेसियासंग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

महिला टी–२० स्मास क्रिकेटको सेमिफाइनलमा भोली नेपालले ईण्डोनेसियासंग प्रतिस्पर्धा गर्दै

nepali mahila

काठमाडौं, ३ माघ । थाइल्याण्डमा भइरहेको महिला टी– २० स्म्यास क्रिकेटमा शुक्रवार (भोली) नेपालले सेमिफाइनलमा इन्डोनेसियासँग खेल्दैछ ।

समूह ए मा चार वटै खेल जितेर समूह विजेता बनेको नेपालले समूह बी को उपविजेता इन्डोनेसियासँग खेल्ने भएको हो । नेपालले समूह चरणमा चीनलाई १० विकेटले, मलेसियालाई ६ विकेटले, युएईलाई ६ विकेटले र थाइल्याणण्ड ए लाई ९ विकेटले पराजित गरेको थियो । बलिङ र ब्याटिङमा बलियो देखिएको नेपालले इन्डोनेसियालाई पराजित गरेमा पहिलो पटक सिनियर महिला क्रिकेटको फाइनलमा प्रबेश गर्ने छ ।

उता समूह बी मा आयोजक थाइल्याण्डको सिनियर टिम सबै चार खेल जित्दै समूह विजेता बन्दा थाइल्याण्डसँग हारेको इन्डोनेसिया समूह उपविजेता बनेको हो । थाइल्याण्डले अर्को सेमिफाइनलमा समूह ए को उपविजेता युएईसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);