कानुनी आधारबिना मन्त्रालयले निर्देशिका जारी गर्ने गरेको संसदीय समितिको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कानुनी आधारबिना मन्त्रालयले निर्देशिका जारी गर्ने गरेको संसदीय समितिको निष्कर्ष

samiti

काठमाडौं, ३ माघ । संसदीय समितिले कानुनी आधारविना नै विभिन्न मन्त्रालयले निर्देशिका जारी गरेको पाइएको जनाएको छ ।

संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कानुनी आधार विनानै विभिन्न मन्त्रालयले निर्देशिका, नियमावली, कार्यविधि, आदेश जारी गरेको निष्कर्ष निकालेको हो । समितिको बिहीबारको बैठकमा समितिका सदस्य राधेश्याम अधिकारीले संविधान र कानुनी आधारविना नै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसहितका २ वटा मन्त्रालयले २० वटाभन्दा बढि निर्देशिका जारी गरेको पाइएको जानकारी दिएको हो ।

संविधान अनुसार मन्त्रालयहरुले तयार पार्ने निर्देशिका, कार्यविधि, नियमावली कानुनी आधारमा तयार पार्नुपर्ने हुन्छ । तर समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जारी गरेको २० वटाभन्दा बढि निर्देशिका कानुनी आधार विनानै तयार पारेको पाइएको अधिकारीले बताए ।

समितिले कानुनी राज्यको प्रत्याभूति दिलाउने गरी कानुन बमोजिमनै निर्देशिका, नियमावली, कार्यविधि बनाउन पनि सम्बन्धित मन्त्रालयहरुलाई सचेत गराउने तयारी समेत गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);