कर्मचारीका कारण बन्द हुँदै साझा प्रकाशन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

कर्मचारीका कारण बन्द हुँदै साझा प्रकाशन (भिडियोसहित)

sajha-prakashan-banner

काठमाडाैं, २ माघ । २०६० सालदेखि ओरालो लाग्दै गएको साझा प्रकाशन अहिले कर्मचारीको धर्ना थलो मात्र बनेको छ । लेखक, बुद्धिजिवी, पत्रकार र कलाकार जस्ता बौद्धिक व्यक्तिहरुसंगको सम्बन्ध भएको साझा प्रकाशनको अहिलेको अवस्था तपाईहरुलाई सुनाउन र देखाउन पनि लाजलाग्दो छ ।

एक शताब्दिको इतिहास बोकेको यस्ता संस्थालाई बिउँझाउन पनि हामिले साझाको बारेमा आमसर्वसाधारण व्यक्तिको चाँसोको लागि र जिम्मेवार निकायलाई जिम्मेवार बनाउनका लागि पनि यसलाई देखाउने प्रयास गरेका छांै ।

अवकाश पाएर पनि आफुहरुले उपदानको रकम नपाएको भन्दै अवकाश प्राप्त कर्मचारीहरु ६ महिना भयो धर्नामा बसेको । साझा प्रकाशनमा तपाइ पुग्नु भयो भने तपाईलाई कुनै तरीकाबाट पनि लाग्दैन यो सरकारी स्वामित्वको संस्था हो ।

छापाखाना भित्र बर्षौदेखि थन्किएका किताब, महिनौदेखि फोहोरले भरीएको कार्यालय र बेथिती मौलाएको साझाको दृश्य देख्दा जो कोहिलाई पनि दिक्क लाग्छ । साझाको कार्यालयमा विहान १० बजे कर्मचारी त पुग्छन् तर काम गर्न होइन धर्ना र घाम ताप्नका लागि । साझाबाट स्वेच्छिक अवकाश पाएका कर्मचारीले आफुहरुले पाउनुपर्ने उपदानको रकम नपाएपछी साउन १ गतेदेखि यसरी कार्यालय परीसरमा धर्ना दिइरहेका छन् ।

कुनै समय करिब ४ सय भन्दा बढी कर्मचारीलाई भ्याईनभ्याईन काम हुने साझामा अहिले ७१ जना स्थायि र २२ जना करार कर्मचारी छन् । स्वेच्छिक अवकाश पाएका कर्मचारीहरु दिनभर धर्ना बसेर समय विताएका छन् भने कार्यरत कर्मचारी हाजिर मात्र गरेर दिनभर घाम तापेर घर फर्कने गरेका छन् ।

२ सय ८८ कर्मचारीबाट साझाले कर्मचारी कटौती भनी २०७३ सालमा एक सय २८ जना कर्मचारीलाई स्वेछिक अवकाश दियो । त्यसपछी साझामा झन बेथिती मौलाएको कर्मचारी बताउँछन् । २०७४ साल पुस मसान्तसम्म उपदान बापतको रकम पाउने लिखित सर्त सहित अवकास पाएका कर्मचारीको रकम अहिलेसम्म नआएपछि अहिले घर न घाटको अवस्थामा पुगेको उनीहरु बताउँछन ।

कर्मचारीलाई उपदानको रकम दिन साझासंग रकम छैन तर कर्मचारीलाई तलब दिनकै लागि भनी सरकारले पटक पटक गरी करोडौ रकम साझालाई दिएको छ । साझाले सरकारबाट २०७१ सालमा ४ करोड, २०७३ मा ३० करोड, र २०७५ मा ५ करोड ८२ लाख रकम पाएको थियो तर उक्त रकम महाप्रबन्धक शर्माले हिनामिना गरी आफुहरुलाई २० प्रतिशतमात्र दिएको अवकास प्राप्त कर्मचारीको आरोप छ । अहिले साझा आफुमात्र डुबेको छैन । कर्मचारीको समेत बिचल्ली बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);