मिथिला लघुवित्तको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

मिथिला लघुवित्तको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

hakprad

काठमाडौं, ३० पुस । मिथिला लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि माघ १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । पुस ३० गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयर धनीहरूले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले २ बराबर १ को अनुपातमा ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद शेयर जारी गर्न निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस १३ गते स्वीकृित पाएको छ । केयर रेटिङ्ग नेपालले यो हकप्रदलाई आधारभूत पक्ष कमजोर रहेको देखाउने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । कम्पनीकोे विक्री प्रवन्धकमा काठमाडौं क्यापीटल मार्केट लिमिटेड रहेको छ । यो समाचार आजको अभियान दैनिक पत्रिकामा छापेको छ ।