एजेन्सी, १४ भदौ । विश्व नम्बर १ राफायल नाडाल युएस ओपन टेनिसको देस्रो चरणमा पुगेका छन् ।
पुरुष एकल तर्फ स्पेनी खेलाडी नाडालले पहिलो चरणमा सर्वियाका दुसन लाजोभिकलाई ७–६, ६–२ र ६–२ को सेटमा हराउँदै दोस्रो चरण प्रवेश गरेका हुन् । त्यस्तै महिला एकलतर्फ शीर्ष वरियताकी कारोलिन प्लिस्कोभा पनि दोस्रो चरण पुगेकी छिन् । चेक रिपब्लिकनकी प्लिस्कोभाले पोल्याण्डकी माग्दा लिनेटेलाई ६–२ र ६–१ को सेटमा हराइन् । डिफेन्डिङ च्याम्पियन एन्जेलिक कर्बर भने पहिलो चरणबाटै बाहिरिएकी छिन् ।
छैठौँ वरियताकी जर्मन कर्बर जापानकी नाओमी ओसाकासँग पराजित भइन् ।