२ सय ९७ औँ पृथ्वी जयन्ती विविध कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

२ सय ९७ औँ पृथ्वी जयन्ती विविध कार्यक्रम गरी मनाइँदै

jayanti

काठमाडौं, २७ पुस । २ सय ९७ औ पृथ्बी जयन्ती आज दशैभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपाल एकिकरणका अभियन्ता शाहले गरेको योगदानलाई स्मरण गर्दे आज विविध कार्यक्रम गरिएको छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पृथ्बी जयन्तीको अवसरमा शुभकामना शन्देश दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले शन्देशमा पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्णताप्रति हामी सदैव गौरव गर्नुपर्ने समेत बताएका छन् । उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको बताउँदै हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाज सुनिश्चित गरेको उल्लेख गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);