पुर्चौडीमा सडक र विद्युतलाई प्राथमिकता दिएर निर्माण कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

पुर्चौडीमा सडक र विद्युतलाई प्राथमिकता दिएर निर्माण कार्य जारी

puchaudi

बैतडी, २७ पुस । जिल्लाको पुर्चौडी नगरपालिकामा सडक र विद्युतलाई प्राथमिकता दिएर विकासका निर्माणको कार्यक्रम संचालन भईरहेको छ ।

सडक निर्माण हुन अघि घोडा खच्चरको भर पर्ने त्यहाँका स्थानीयवासिहरु सडकनिर्माणपछि सहज रुपमा यात्रा गर्न थालेका छन् । नगरपालिकाले जनताको माग अनुसारनै सडक र विद्युतलाई विशेष प्राथमिता दिएर काम गरिरहेको नगरप्रमुख रण वहादुर कुँवरले जानकारी दिएका छन् ।

सडक निर्माण पछि नगरपालिकाको केन्द्रसम्म आउनका लागि समेत पैदल हिडनुपर्ने वाध्यता हटेको छ । नगरपालीकाले सबै वडाहरुलाई सडक संजालमा जोडन प्राथमिकताका साथ काम गरिरहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);