सडक सञ्जालमा तात्यो सरकार, दुईवटा राजमार्ग कालोपत्रे गर्न २५ अर्ब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सडक सञ्जालमा तात्यो सरकार, दुईवटा राजमार्ग कालोपत्रे गर्न २५ अर्ब

sadak khali

काठमाडौं, २९ जेठ । सरकारले सडक सञ्जाललाई प्राथमिकता दिएर समृद्धिमा सघाउ पुग्ने गरी आगामी वर्ष सडक विस्तार र राजमार्गहरूको कालोपत्रेलाई विशेष जोड दिएर कार्यक्रम अघि सारेको छ ।सरकारको भौगोलिक आबद्धता कायम गर्दै कृषि तथा उद्योग व्यवसायको विकास गर्ने, जनजीवन सहज गर्ने र उच्च आर्थिक वृद्धि गर्न सघाउ पुग्ने गरी सडकका क्षेत्रमा उल्लेख्य रूपमा बजेट विनियोजन गरेको दाबी छ ।

सडक, रेल तथा जलयातायातको पूर्वाधार विकासका लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरेको सरकारले दुईवटा राजमार्गको कालोपत्रे गर्न मात्र २५ अर्बभन्दा बढी बजेट विनियोजन गरेर सडक सञ्जालप्रति प्राथमिकता देखाएको छ । सरकारले दुई छिमेकी मुलुकसँगको व्यापार सहजीकरण, लगानी प्रवद्र्धन र पर्यटन विकासका लागि आबद्धता बढाउन हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण गर्ने कार्यक्रम लिएर बजेट छुट्याएको छ । निर्माणाधीन मध्यपहाडी पुष्पलाल राजमार्गको ४३५ किमी कालोपत्रे गर्नका लागि मात्र सरकारले १२ अर्ब २० करोड विनियोजन गरेको छ । यस्तै, तराईका जिल्लाहरू जोड्ने हुलाकी राजमार्गको ३५० किमी कालोपत्रे गर्न १३ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

राष्ट्रिय योजना आयोगले वार्षिक विकास कार्यक्रमअन्तर्गत पुष्पलाल राजमार्गमा १ हजार ८७९ किलोमिटर सडकलाई दुईलेनमा स्तरोन्नति अर्थात् कालोपत्रे गर्ने लक्ष्य राखेको छ । त्यसमा हाल ७५० किमी सडक कालोपत्रे भएको आयोगले जनाएको छ । आगामी लक्ष्यअनुसार ४३५ किमी सडक कालोपत्रे गर्ने, १२ वटा पुल निर्माण सम्पन्न गर्ने र ठेक्का व्यवस्थापन हुन बाँकी ४७२ किमीमा क्रमिक रूपमा ठेक्का व्यवस्थापन गरी स्तरोन्नति कार्य गर्नेछ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);