काठमाडौं, २७ पौष । नेपालको राजनीति बिचित्र ढंगबाट अघि बढिरहेको छ । बलियो सरकार छ र सरकारसंग गरिएका आशा र अपेक्षा पनि ठूलै छन् । र सरकारले दिएको आश्वासन पनि ठूलै खालको छ । तर, सरकारले दिएको आश्वासन र आम जनताले गरेको अपेक्षामा तालमेल मिलिरहेको छैन । तालमेल नमिल्दा सरकारको आश्वासन र जनताको अपेक्षा पूरा होला कि नहोला भनेर शङ्का गर्नु परिरहेको छ । बलियो सरकारले कामको थालनी कहाँबाट गर्नु पर्थ्यो ? आम जनताको अपेक्षामा सरकार किन खरो उत्रिन सकिरहेको छैन ? सरकार भाषणमा ज्यादा काममा सुस्त देखिन थालेको छ, यसको मूल कारण के हो ? सरकारको जुन स्तरको गति हुनुपर्थ्यो त्यो स्तर किन कायम गर्न सकेन सरकारले ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक हरि रोकासँग गरेको कुराकानी हेर्नुहोस् :
वाइडबडी अनियमितताको जिम्मा ओलीले लिनुपर्छ, रवीन्द्रले राजीनामा दिनुपर्छ : हरि रोका (भिडियोसहित)
ताजा समाचार
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
१० घन्टा अघि