काठमाडौं, २६ पौष । सरकार अहिले तिब्र विवादमा रहेको छ । विवादको एउटा कारण वाइडबडी प्रकरण हो र यो प्रकरण अब अख्तियार समक्ष पुगेको छ । त्यसपछि यो घटनाक्रमले कस्तो रुप लिन्छ भन्ने बहसको विषय बनिरहेको छ । वाइडबडी प्रकरणको सम्बन्धमा यति चर्चा भईरहदा सरकारले किन सुशासन गर्न सकेन भनेर अर्को प्रश्न जोडिएर आइरहेको छ । लेखा समितिले छानबिन गर्ने विषय के को आधारमा चयन गर्छ ? सरकारको दश महिना कस्तो भयो ? के राजतन्त्र फर्किदैछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग गरेको कुराकानी हेर्नुहोस् :