काठमाडौं, २५ पौष । बहु चर्चित वाइडबडी प्रकरण अब एक ढंगले टुंगो लागेको छ । संसदको सार्बजनिक लेखा समितिले हिम्मत गरेर प्रतिवेदन तयार पारेको छ र बाँकी प्रक्रियाको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष पठाएको छ । यसपछि वाइडबडी प्रकरण अब सक्कियो कि यो प्रकरण अर्को तहबाट सुरु भयो भन्ने प्रश्न उठेको छ । वाइडबडी प्रकरणको संदर्भमा संसदको सार्बजनिक लेखा समितिले उपसमिति गठन गर्यो र त्यो उपसमितिको संयोजक राजन केसी बने । उनि संयोजक बनिसके पछि समितिले १५ दिनमा रिपोर्ट सार्बजनिक गर्यो र त्यही रिपोर्टमा आधारित भएर पूर्ण समितिले छलफल गर्यो । उपसमितिले दिएको रिपोर्टलाई काँटछाँट गरेर पूर्ण समितिले तयार पर्यो र अख्तियार समक्ष पेश गर्यो भनेर छलफलहरु भईरहेका छन् । वास्तवमै उपसमितिको रिपोर्टलाई काँटछाँट गरेर पूर्ण समितिले अगाडी बढाएको हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले सार्बजनिक लेखा समितिका सदस्य राजन केसीसँग गरेको कुराकानी हेर्नुहोस् :
रवीन्द्रले राजीनामा दिनुपर्छ, घुस खाने ६ जना विदेशमा छन् : राजन केसी (भिडियोसहित)
ताजा समाचार
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
१२ घन्टा अघि