काठमाडौं, २४ पुस । नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदले नेपालको शैक्षिक बिकासमा पाकिस्तानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएकका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित नारायणी विद्यामन्दिरमा आयोजित शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममा, राजदुत जावेदले नेपाल र पाकिस्तान असल मित्र भएका भन्दै दुई देशबीचको सहकार्यको उदाहरण स्वरुप चितवनको विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको बताए ।
पाकिस्तानी राजदुतावासको तर्फबाट विद्यालयलाई दस लाख रुपैयाँ बराबरको १६ थान कम्प्युटर हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा महानगरपालिकाकी प्रमुख रेणु दहालले नेपाल र पाकिस्तानबीच मैत्री सम्बन्ध प्रगाढ रहेको उल्लेख गरिन् । उनले पाकिस्तानले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रमा गर्दै आइरहेको सहयोग निरन्तर जारी रहने बिश्वास ब्यक्त गरिन् ।
बिद्यालयमा नयाँ कम्प्युटर पाएपछि विद्यार्थीहरु पनि खुशी भएका छन् ।