गोपाल खड्कासहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

गोपाल खड्कासहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Gopal biruddha mudda

नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कासहित चारजना विरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

खड्कासहित श्रीमती शर्मिला खड्का, अनिता लामा र सिजी डेभलर्पस फुड प्रा.लि.विरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोग लगाएको अख्तियारका प्रवक्ता रमेश्वर दंगालले जानकारी दिए ।

अख्तियारले खड्कासहित चारै जनालाई दुई वर्षसम्म कैद सजाय, विगो बमोजिम जरिवाना तथा विगो भाराउन माग गरेको छ । उनीहरुले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनयापन गरेको दावी अभियोगपत्रमा छ ।

यता खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशक रहँदा सातै प्रदेशमा इन्धन भण्डारणको लागि गरेको जग्गा खरिदमा अर्बौं बराबरको भ्रष्टाचार गरेको आरोप लागेको थियो । खड्कालाई २०७१ माघ १४ गते मन्त्रिपरिषद निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।