मालपोतका कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड बिगो माग दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मालपोतका कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड बिगो माग दाबी

काठमाडौं, १६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बस्नेतविरुद्ध करिब ९ करोड रुपैंया बिगो माग दाबी गरी भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । २०४५ साल कार्तिक १९ गते मालपोत विभाग काठमाडौंमा जागिर सुरु गरेका बस्नेत त्यसयता अधिकांश समय काठमाडौंका विभिन्न मालपोत कार्यलयमा कार्यरत थिए ।

बस्नेतले जागिरे अवधिमा ७४ लाख ७३ हजार रुपैंया वैध आर्जन गरेका र त्यसबाहेकको रकम गैरकानूनी आर्जन गरेको अख्तियारको दाबी छ । गतवर्ष पुसमा मालपोत कार्यालयमा नक्कली रसिद काटी राजस्व चुहावट गरेको आरोपमा बस्नेतमाथि मुद्दा चलेको थियो ।

त्यसक्रममा नै उनीबाट ११ लाख रुपैयाँ समेत बरामद भएको थियो ।अख्तियारले उनीसहित श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेतविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);