अनुप चापागाईं निर्देशित 'द प्रेसियस गिफ्ट' लघु चलचित्र सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

अनुप चापागाईं निर्देशित ‘द प्रेसियस गिफ्ट’ लघु चलचित्र सार्वजनिक

anup

काठमाडौं, १९ पुस । “द प्रेसियस गिफ्ट” एउटा लघु चलचित्र (सर्ट मुभी) हो । हालै मात्र क्रिस्मसको अवसर पारेर एउटा लघु चलचित्र युट्युबबाट सार्वजनिक गरिएको छ ।

बाह्र मिनेट लामो यो चलचित्र ‘द प्रिसियस गिफ्टमा’ बाबु छोरीको मायालु सम्बन्धलाई लिएर कथा अघि बढ्छ । चलचित्र कथा सुनाउने एउटा माध्यम हो र यो लघु चलचित्रले छोटो समयमा धार्मिक सहिष्णुता लगायतका केही पक्षहरूमा नबोलेरै धेरै कुरा बोलेको छ ।

कथाको प्लट रोचक र प्रेरणादायी छ । यो लघु चलचित्रमा सफर पोखरेल, गिर्वाणी पोखरेल र अनुप चापागाईंको अभिनय देख्न सकिन्छ । गिर्वाणीको बालसुलभ अभिनय प्रसंशायोग्य छ । चलचित्रको कथा मनिष बशिष्ठले लेखेका हुन् । यसलाई उत्सव दाहालले खिचेका छन् ।

रोमी बस्नेतले पार्श्व संगीत भरेका छन् भने, चलचित्रलाई रुपेश खड्काले सम्पादन गरेका छन् । निर्देशन अनुप चापागाईंले गरेका हुन् ।