मोरङ, १८ पुस । मोरङमा प्रथम बुधवारे गोल्डकप फुटवल प्रतियोगिता सुरु भएकोे छ । आयोजक एकता स्पोर्ट क्लबको खेल मैदानमा हुने प्रतियोगितामा आठ टिम सहभागी भएका छन् ।
लेटाङ नगरगपालिका २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले यस्ता खेलबाट नै राष्ट्रिय खेलाडी उत्पादन भएका कारण खेल मैदानलाई अझ फराकिलो बनाउने बताए ।
“खेल खेलौँ स्वस्थ बनौँ” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा बिजेतालाई एक लाख र उपबिजेतालाई ५१ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।