विप्लव र सिके राउतसँग किन भएन वार्ता ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

विप्लव र सिके राउतसँग किन भएन वार्ता ?

biplabandckraut

काठमाडौं, १३ पुस । सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्ने योजना बनाएर खासगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने लक्ष्य लिएको थियो । वार्ता टोलीले विप्लवलाई भेट्न धेरै कोसिस पनि गर्‍यो । तर, विप्लवले भेट्न नचाहेको संयोजक पाण्डेले बताए ।

‘हामीले विप्लव समूहका केन्द्रीय सदस्यसम्मका नेतासँग वार्ताका लागि छलफल गर्‍यौँ । तर, विप्लवसँग भेट गराउने वातावरण मिलाउनुभएन । चाहँदा पनि भेट्न पाएनौँ । वार्ताको वातावरण नै नबनाएपछि आधिकारिक पत्र पनि पठाएनौँ,’ उनले भने ।

छुट्टै स्वतन्त्र मधेस राज्य माग गर्दै भूमिगत आन्दोलनमा रहेका सिके राउतसँग भने सरकारले वार्ताको योजना नै नबनाएको पाण्डेले बताए । ‘हामीलाई पहिलेदेखि नै सिके राउतसँग वार्ता गर्ने म्यान्डेट थिएन,’ उनले भने, ‘देश टुक्र्याउन खोज्ने पृथक्तावादीसँग वार्ता गर्ने कुरै हुँदैन ।’

वार्तापछि सम्झौता भएका २२ समूह
-माओवादी कम्युनिस्ट केन्द्र नेपाल
-मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी
-संयुक्त जातीय मुक्ति मोर्चा नेपाल
-संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (आजाद समूह)
-तराई मलेटरी मोर्चा
-संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य)
-संघीय लिम्बुवान राज्य परिषद् (सन्जुहाङ पालुङ्गवा)
-मंगोल नेसनल रिभोल्युसनरी पार्टी
-मधेसी भाइरस किलर्स
-संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय लिम्बुवान मञ्च नेपाल
-जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगतसिंह समूह)
-संयुक्त जातीय मुक्ति मोर्चा नेपाल (अविरल समूह)
-संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (पवन समूह)
-किरात जनवादी वर्कस पार्टी (साङकेन्मा किराती)
-तराई मधेस टाइगर्स पार्टी
-जनतान्त्रिक तराई मुक्ति (डा. मनोज मुक्ति)
-तराई संयुक्त जनक्रान्ति पार्टी नेपाल
-किरात जनवादी वर्कर्स पार्टी
-जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह)
-जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी (अविनाश समूह)
-तराई जनतान्त्रिक पार्टी मधेस (मधेस चौधरी)
-खम्बुवान मुक्ति मोर्चा (संयुक्त)

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);