सितापाईला-भीमढुंगा सडक निर्माणको काम सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सितापाईला-भीमढुंगा सडक निर्माणको काम सुरु

sitapaila-bhimdhunga sadak

अप्सरा गौतम
काठमाडौं, ११ पुस । विभिन्न विवादमा मुछिएर वर्षाै देखी बन्न नसकेको सितापाईला-भीमढुंगा सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको काम सुरु भएसंगै वषौं देखि धुलो र हिलोको मार खेपीरहेका स्थानीय हर्षित भएका छन् । अव भने सडक निर्माणले पूर्णता पाउनेमा स्थानीय आसावादी देखिएका छन् ।

काठमाडौको नागार्जून नगरपालीकास्थित सितापाइला–भीमढुंगा सम्मको सडक अस्तब्यस्त रहेको थियो । तीन वर्ष अगाडी २२ मिटरको बाटो बनाउन उपत्यका सडक विस्तार आयोजनाले एस्टिमेट गरिदिएको थियो । तर, २२ मिटर सडकका लागि मुआब्जा विवाद भएपछि सडक आयोजना सडक विभागले लिदै ११ मिटर सडक बनाउने निर्णय गर्‍यो।

पछि ठेकेदार कम्पनी र सरकारबीच फेरी समस्या देखिएपछि सडक निर्माणको काम रोकिन पुग्यो । जसले गर्दा स्थानीयले सडकका कारण सास्ती भोग्नु परेको थियो । तर, अहिले नागार्जून नगरपालीकाको पहलमा नगरपालीकाले सडक विभागसँगको समन्वमा सडक निर्माणको कामलाई तिब्रता दिएको छ । यहि रफ्तारमा काम भए आउदो जेष्ठ महिनासम्म काम सम्पन्न हुने नगर प्रमुख मोहनबहादुर बस्नेतले बताए ।

एतिबेला वैकल्पिक राजमार्गका रुपमा रहेको सितापाइला देखि धार्के सम्मको २१ किलोमिटर सडक निर्माणको काम धमाधम भईरहेको छ । ११ मिटर बाटो बढाउने, ढल हाल्ने तथा पुल निर्माण गर्ने काम तिव्रगतीमा भईरहेको छ ।

वर्षाै देखि विभिन्न विवादमा अल्झेर निर्माण हुन नसकेको सितापाईला-भीमढुंगा सडक निर्माण हुनेमा स्थानीयहरु पनि आसावादी बनेका छन् । सडक निर्माणका लागि नागार्जून नगरपालीकाले गरेको पहलप्रति उनीहरु कृतज्ञ भएको बताउँछन् ।

नागार्जून नगरपालिकास्थित सितापाईला भिमढुंगा सडक त प्रतिनिधि सडक मात्र हो । उपत्यकामा निर्माण हुन नसकेका अथवा आधाउदी निर्माण भएर अलपत्र छाडिएका सडक प्रशस्त देख्न सकिन्छ । तर, नागार्जून नगरपालीकाकोे समन्वयमा सितापाईला-भीमढुंगा सडक निर्माण भएको सडक सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);