इण्डोनेसियामा सुनामीमा परेर मृत्यु हुनेको संख्या ३ सय ७३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

इण्डोनेसियामा सुनामीमा परेर मृत्यु हुनेको संख्या ३ सय ७३ पुग्यो

एजेन्सी, ९ पुस । इन्डोनेसियामा ज्वालामुखी बिस्फोटपछि आएको सुनामीमा परेर मृत्यु हुनेको संख्या ३ सय ७३ पुगेको छ । गत शनिवार राती क्राकातोय ज्वालामुखी बिष्फोट भएपछि समुन्द्रमुनि गएको पहिरोले मानबीय तथा भौतिक क्षति भएको हो । इण्डोनेसिया सरकारले फेरि नयाँ सुनामी आउन सक्ने भन्दै तटीय क्षेत्रबाट सुरक्षित स्थानमा सर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

शनिबारको सुनामीले इन्डोनेसियाको जाभा र सुमात्रा आइल्याण्डमा बढी प्रभाव परेको छ सुनामीले एक हजार भन्दा बढी घाइते भएका छन् । सयौँ भवन भत्किएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीले उल्लेख गरेको छ । राजधानी जकार्ताबाट नजिकै रहेको विश्व प्रशिद्ध पर्यटकीय गन्तव्य आसपासमा सुनामीको असर परेको छ ।

सुनामीका कारण सन्डा स्ट्रेटका पानडेग्लाङ्ग, सेराङ्ग र दक्षिण लामपुङ्ग क्षेत्र प्रभावित भएका छन् । क्राकातोए ज्वालामुखीबाट निस्कएको लाभा पाँच सय मिटर माथिसम्म गएको थियो । यसअघि सन् २००४ को डिसेम्बर २६ मा भूकम्पपछि गएको सुनामीमा इण्डोनेशियामा धेरैको ज्यान गएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);