इन्डोनेसियामा ज्वालामुखी बिस्फोटन, विस्फोट पछि आएको सुनामीका कारण ४३ जना को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

इन्डोनेसियामा ज्वालामुखी बिस्फोटन, विस्फोट पछि आएको सुनामीका कारण ४३ जना को मृत्यु

indonesia

काठमाडौं, ८ पुस । इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण ४३ जना को मृत्यु भएको छ ।

देशको प्रकोप व्यवस्थापन एजेन्सीका अनुुसार केही व्यक्तिहरु हराइरहेका छन । दर्जनौं भवन क्षती भएका छन् भने पाँच सय ८५ जना घाइते भएका छन् । क्रिकाटोआ ज्वालामुखी बिस्फोट भएपछि समुन्द्र भित्र भएको भुस्खलनका कारण सुनामी आएको अनुमान गरिएको छ ।

सुन्डा स्ट्रेट, जावा र सुमात्रा द्वीपबीच अवस्थित छ जसले जावा सागरलाई हिन्द महासागरसँग जोड्छ । पान्डेगलांग, दक्षिण लामपुङ र सेराङ क्षेत्रमा अत्यधिक क्षती भएको बुभिएको छ ।प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार शनिबार पुर्णिमा भएकाले पनि समुन्द्रको छाल निकै माथिसम्म उठेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);