एजेन्सी, ७ पुस । पश्चिम बंगालमा आफ्नो राजनीतिक आधार बलियो बनाउने प्रयासमा रहेको भारतीय जनता पार्टी (भाजपा) लाई कोलकाता उच्च अदालतले ठूलो झड्का दिएको छ ।
भाजपाका अध्यक्ष अमित शाहले पश्चिम बंगालमा राजनीतिक आधार बलियो पार्नका लागि रथयात्रा गर्ने तयारी गरेका थिए । तर उच्च अदालतले भने त्यसमा रोक लगाएको छ । कोलकाता उच्च अदालतमा यसबारे भएको अघिल्लो सुनुवाईको क्रममा न्यायाधीशहरुले रथ यात्राका लागि स्वीकृति दिएकोमा, ममता बेनर्जी नेतृत्वको राज्य सरकारले यसको विरोध गरेपछि फेरि सुनुवाई भएको हो ।
पछिल्लो सुनुवाईपछि उच्च अदालतले भाजपा अध्यक्ष शाहको प्रस्तावित रथ यात्रामा प्रतिबन्ध लगाएको हो । उच्च अदालतका मुख्य न्यायाधीशको एकल इजलासले अघिल्लो आदेशलाई रद्द गर्दै शाहको प्रस्तावित रथ यात्रामा रोक लगाएको हो ।